Logo

कालिका माइक्रोफाइनान्सले ल्यायो २१ प्रतिशत बोनसको अफर

कालिका माइक्रोफाइनान्सले ल्यायो २१ प्रतिशत बोनसको अफर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कालिका माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर दिने भएको छ । कालिकाको संचालक समितिको शुक्रबार बसेको बैंठकले आफ्ना सेयरधनीलाई २१ दशमलव २१ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।

माइक्रोफाइनान्सले गत आर्थिक बर्षको मुनाफाबाट १ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर र सोमा लाग्न कर वापतको ९ लाख २१ हजार रुपैयाँ दिने प्रस्ताव गरेको हो ।

बोनस सेयर वितरण सम्बन्धमा कालिकाले आजै मात्र नेपाल स्टक एक्स्चेञ्जलाई जानकारी गराएको छ । संचालक समितिको सो प्रस्तावलाई राष्ट्र बैंकको स्वीकृति प्रस्ताव साधारणसभाबाट पारित गराएर सेयरधनीलाई वितरण गरिने उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL