Logo

मुक्तिनाथको ट्रिपल टु ट्रिपल धमाका मुद्दती निक्षेप खाता, पुस २ देखि सञ्चालन

मुक्तिनाथको ट्रिपल टु ट्रिपल धमाका मुद्दती निक्षेप खाता, पुस २ देखि सञ्चालन


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । मुक्तिनाथ विकास बैंक लिमिटेड १२ बर्षमा प्रवेश गर्ने भएको छ । पुस ११ गते ११ पुरा गर्न लागेको बैंकले बार्षिकोत्सवको अवसरमा निक्षेपकर्ताहरुका लागि आकर्षक विशेषता सहितको सुपरप्रिमियम बचत तथा ट्रिपल टु ट्रिपल धमाका मुद्दती निक्षेप खाता संचालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत न्यूनतम मौज्दात रु हजारमा सुपर प्रिमियम बचत खाता खोल्ने ग्राहकहरुलाई बार्षिक ८ प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी प्रदान गर्ने छ ।

२२२ दिने मुद्दती खातामा न्यूनतम रु.१ लाखमा  बार्षिक ११ प्रतिशतले त्रैमासिक रुपमा ब्याज प्रदान गर्नेछ । साथै यस योजना अन्तर्गत खाता खोल्ने प्रत्येक ग्राहकले ५ ग्रामको चाँदीको सिक्का, निशुल्क भिसा डेबिट कार्ड, निशुल्क मोबाईल बैंकिङ तथा निशुल्क ईन्टरनेट बैंकिङ्ग प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

योजना २ गते देखि सुरु भई सीमित अवधिको लागि मात्र लागु गरिने छ । यो योजना अन्तर्गत व्यक्तिगत तथा संस्थागत सबै ग्राहकहरु सहभागी हुन पाउने छन् । यो योजना बैंकका ७२ वटै शाखा मार्फत लागु गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL