Logo

सिटिजन्स बैंकले ल्यायो ‘स्ट्रक्चर्ड फिक्स डिपोजिट’ योजना

सिटिजन्स बैंकले ल्यायो ‘स्ट्रक्चर्ड फिक्स डिपोजिट’ योजना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले आफ्ना ग्राहकवर्गहरुलाई लक्षितगरि ‘स्ट्रक्चर्ड फिक्स डिपोजिट’ संचालनमा ल्याएको छ । बैंकले आफ्नो नयाँ मुद्दती बचत खाता अन्तगर उक्त योजना ल्याएको हो ।

व्यक्तिगत मुद्दती खाताको लागि सञ्चालनमा ल्याएको यो योजना मान्यूनतम मौज्दात १ लाख रुपैयाँ रहेको छ । ८ महिना देखि १८ महिना सम्मको समयावधि रहेको यस योजनामा बार्षिक ब्याजदर ९ दशमलव ५ प्रतिशत रहेको छ । बैंकले सो योजना अन्तरगत ग्राहकलाई त्रैमासिक रुपमा ब्याज उपलब्ध गराउने छ ।

बैंकको देशभर रहेका ६७ वटै शाखाबाट यो सुविधा उपलब्ध हुने बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL