Logo

स्टाण्डर्ड चार्टर्डले ल्यायो शतप्रतिशत बोनसको अफर, चुक्ता पूँजी ८ अर्ब माथी

स्टाण्डर्ड चार्टर्डले ल्यायो शतप्रतिशत बोनसको अफर, चुक्ता पूँजी ८ अर्ब माथी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्टाण्डर्ड चार्टर्ड बैंकलेले शतप्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बैंक संचाललक समितिको शुक्रबार बसेको बैंठकले आफ्ना सेयरधनीलाई एक बराबर एक बोनस सेयर वितरणका प्रस्ताव गरेको हो ।

बैंकले नेपाल राष्ट्र बैंकमा पूँजी योजना पेश गर्दा नै बोनस सेयर वितरण गरेर ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउने उल्लेख गरेको थियो । बैंकले सोही अनुरुप बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

यसैगरी बैंकले कर प्रयोजनका लागि प्रतिसेयर ५ रुपैयाँ २६ पैसाको दरले नगद लाभांस समेत वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृतिपश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।

हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ५७ लाख रुपैयाँ छ । बोनस सेयर वितरणसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL