Logo

कामपा वडा नम्बर ९को कार्यालयमा सेञ्चुरी बैंकको नयाँ एक्सटेन्सन् काउन्टर, शुक्रबारदेखि सेवा

कामपा वडा नम्बर ९को कार्यालयमा सेञ्चुरी बैंकको नयाँ एक्सटेन्सन् काउन्टर, शुक्रबारदेखि सेवा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं ९ को वडा कार्यलयमा छैठौं एक्सटेन्सन् काउन्टर स्थापना गरेको छ ।

काठमाण्डौं महानगरपालिकाको सहयोगमा काठमाडौंको गौशालामा स्थापना गरेको काउन्टरको मेयर विद्यासुन्दर शाक्य तथा सेञ्चुरी बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे ।

बैंकले चाँडै नै २ वटा थप वित्तीय संस्थाहरुसँग एकिकृत कारोबारको तयारी गरिरहेको छ । भने ४० प्रतिशत हकप्रद जारी गरिसकेकोले अब केही बोनस शेयर जारी गरी रु. ८ अर्वको पुँजी पु¥याउदै छ ।

साथै बैंकले निकट भविश्यमा नै १०० भन्दा बढि शाखा कार्यालयहरुबाट सेवा विस्तार गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL