Logo

एभरेष्ट बैंकले ल्यायो ३३ प्रतिशत बोनस सेयरको अफर, चुक्ता पूँजी ८ अर्ब माथी

एभरेष्ट बैंकले ल्यायो ३३ प्रतिशत बोनस सेयरको अफर, चुक्ता पूँजी ८ अर्ब माथी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एभरेष्ट बैंकले आफ्ना सेयरधनीलाई ३३ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिको बिहीबार बसेको बैंठकले सेयरधनीलाई उक्त बोनस सेयर दिने घोषणा गरेको हो ।

यसैगरी बैंकले बोनस सेयरमा लाग्ने कर वापतको नगद लाभांश पनि दिने भएको छ । बैंकले कर प्रयोजनका लागि १ दशमलव ७४ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंक सचालक समितिले गरेको सो प्रस्ताव स्वीकृतिका लागि राष्ट्र बैंक पठाउने भएको छ । राष्ट्र बैंकको स्वीकृति पश्चात सधारणसभाले पारित गरेर सेयरधनीलाई वितरण गरिनेछ ।

बोनस सेयर वितरणसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब १३ करोड रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ११ करोड ५२ लाख रुपैयाँ पुग्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL