Logo

विद्युत महसुल ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सकिने

विद्युत महसुल ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सकिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । विद्युत महसुल वापतको रकम अवदेखि आर्ईएमई पेबाट भुक्तान गर्न सकिने भएको छ । देश विदेशमा रहेका सबैले यस्तो सेवामार्फत विद्युत महसुल भुक्तान गर्न सक्ने व्यवस्था मिलाईएको हो ।

नेपाल विद्युत प्राधिकरणले भर्खरै अनलाइन बिल भुक्तानी सेवा सुभारम्भ गरेपछि यस्तो सेवा शुरु गर्न थालिएको हो । यसले सेवाग्राहीहरूलाई बिल भुक्तानीका लागि लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गरेको छ भने सेवाग्राहीहरूको समय पनि बचत गर्ने बताएको छ ।

प्राधिकरणले अहिले उपत्यकाभित्रका सबै शाखाहरुको महसुल संकलन अनलाइन पद्वतीबाट गर्न सुरु गरिसकेको छ ।

प्राधिकरणका कर्मचारीहरुले मिटर रिडिङ गर्दा उपलब्ध गराएको बिलका आधारमा आफुलाई पायक पर्ने आईएमई एजेण्ट आउटलेटमार्फत नेपाल बिद्युत प्राधिकरणको अनलाइन बिल भुक्तान सेवा लिन सकिन्छ ।

साथै आईएमई पे डाउनलोड गरेका सेवाग्राहीहरूले यस्तो सेवा आफ्नै मोबाइलबाट सजिलै लिन सकिने व्यवस्था मिलाईएको छ । मोबाईल एप्लिकेसनबाट बिजुलीको बिल भुक्तान गर्ने व्यवस्था आइएमई पे ले ‘पे पोइन्ट’ को सहकार्यमा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL