Logo

सेञ्चुरी बैंकले ल्यायो ‘मल्टी करेन्सी कार्ड, १६ देशको मुद्रा एउटै कार्डमा

सेञ्चुरी बैंकले ल्यायो ‘मल्टी करेन्सी कार्ड, १६ देशको मुद्रा एउटै कार्डमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेञ्चरी बैंकले ‘मल्टी करेन्सी कार्ड’ संचालनमा ल्याएको छ । सेञ्चुरीले एक्सेस बैंक अफ इडिण्याको सहकार्यमा उक्त कार्ड संचालनमा ल्याएको हो ।

सो कार्डमार्फत विश्वका विभिन्न १६ देशमा मुद्रा निकाल्न सकिनेछ । विदेश जाँदा मल्टी करेन्सी कार्डमा १६ देशमा पैसा लोड गरि लैजान सकिने बैंकले जानकारी दिएको छ ।

सो कार्ड संचालनमा आएसँगै विदेश जाँदा विदेशी मुद्रा सहटीको झण्झट तथा विनिमयको नोक्सानी र चोरीको जोखिमलाई समेत न्युनिकरणले गर्ने बैंकको दाबी छ ।

बैंकले मल्टी करेन्सी कार्ड सहित अन्य थप २ नयाँ सुविधा संचालनमा ल्याएको छ । सेञ्चुरीले एक्सिस बैंककै सहकार्यमा इन्डो–नेपाल इजी रेमिटको शुरुवात गरेको छ । जस अन्तरगत एक्सिस बैंकको ३ हजार ५ सय शाखाबाट नेपालमा रेमिट्यान्स पठाउन सकिनेछ ।

यसैगरी बैंकले मोबाइल बैंकिङको नाममा मोबाइल एप्स समेत संचालनमा ल्याएको छ । यसबाट ग्राहकले मोबाइलको  प्रयोग गरी रमक ट्रान्सफर, युटिलिटी विल तथा बैंकमा आबद्ध भेडरहरुको भुक्तानी गर्न सकिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL