Logo

महालक्ष्मी विकास बैंकको सिईओमा कृष्णराज लामिछाने

महालक्ष्मी विकास बैंकको सिईओमा कृष्णराज लामिछाने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णराज लामिछाने नियुक्त भएका छन् । बैंक संचालक समितिको शनिबार बसेको बैठकले उनलाई सिईओमा नियुक्त गरेको हो । बैंकका तत्कालिन सिईओ रमेशकुमार भट्टराईले छाडेसँगै बैंक संचालन समितिले उनलाई सिईओमा नयुक्त गरेको हो ।

संचालक समितिले उनलाई आगामी ४ बर्षका लागि सिईओमा नियुक्त गरेको हो । नेपाल बैंकबाट अधिकृतस्तरबाट जागिर सुरु गरेका लामिछानेको बैंकिङ क्षेत्रमा ३० बर्षे लामो अनुभव रहेको छ । उनले यस अघि कैलाश विकास बैंकमा ८ बर्ष सिईओ पद सम्हालेका थिए ।

विकास बैंक संघका पूर्व अध्यक्ष लामिछानेले विभिन्न नियामक निकायमा समेत संचालको रुपमा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL