Logo

१४ प्रतिशतले घट्यो महालक्ष्मी विकास बैंकको नाफा

१४ प्रतिशतले घट्यो महालक्ष्मी विकास बैंकको नाफा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकको नाफा १४ प्रतिशतले घटेको छ । बैंकको चालु आर्थिक वर्ष २०७४र७५ को पहिलो तीन महिनामा गत वर्षको सो अवधिको भन्दा १४ प्रतिशतले नाफा घटेको हो ।

बैंकले पहिलो तीन महिनामा पाँच करोड ६३ लाख रुपैयाँ नाफा गरको छ । गत आवको ३ महिनामा वर्षमा ६ करोड ‍६२ लाख रुपैयाँ थियो।

त्यस्तै बैंकको खुद ब्याज आम्दानी १७ करोड २७ लाख रुपैयाँ छ । खुद ब्याज आम्दानी गत वर्षमा ११ करोड ७६ लाख रुपैयाँ थियो।

पहिलो तीन महिनामा बैंकले२५ अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १२ करोड रुपैयाँ ऋण लगानी छ।

बैंकको चुक्ता पूँजी दुर्इ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा एक अर्ब ९ करोड रुपैयाँ जम्मा भएको बैंकले जानकारी दिएको छ।

बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ रहेको छ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL