Logo

स्ट्यान्डर्ड चाटर्डको नाफा ३८ प्रतिशते बढ्दा प्रभुको ११ प्रतिशतले घट्यो

स्ट्यान्डर्ड चाटर्डको नाफा ३८ प्रतिशते बढ्दा प्रभुको ११ प्रतिशतले घट्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बुधबार वित्तीय विवरण सार्वजनिक गरेका २ बाणिज्य बैंकमध्ये स्ट्यान्डर्ड चाटर्ड बैंकको नाफा उच्च रुपमा बढ्दा प्रभु बैंकको भने घटेको छ ।

स्ट्यान्डर्ड चाटर्ड बैैंकले चालू आवको पहिलो त्रैमासमा आफ्नो नाफामा ३८ प्रतिशतले सुधार गरेको छ । बैंकले सो अबधिमा ४८ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ ।

बैंकले ब्याज आम्दानीमा सुधार गरेसँगै नाफामा उच्च बृद्धि गरेकोे हो । सो अबधिमा बैंकले आफ्नो खुद ब्याज आम्दानीमा २० करोड रुपैयाँले बृद्धि गर्दै ७० करोड २६ लाख रुपैयाँ कमाएको छ । सो अबधिसम्म आईपुग्दा बैंकले कुल ७१ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी ३९ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको चुक्ता पूँजी भने ४ अर्ब रुपैयाँ मात्र रहेको छ । तर बैंकको जगेडा कोषमा ८ अर्ब ५५ करोड रुपैयाँ छ । हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने बाणिज्य बैंकमध्ये स्ट्यान्डर्डको प्रति सेयर आम्दानी सबैंभन्दा बढी ४८ रुपैयाँ रहेको छ ।

तर आजै वित्तीय विवरण प्रकाशित गरेको प्रभु बैंकको नाफामा भने ११ प्रतिशतले गिरावट आएको छ । बैंकले गत आबको पहिलो त्रैमासिकको तुलनामा ३ करोड १७ लाख रुपैयाँले नाफा घटाउँदै कुल २५ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

तर, बैंकले सो अबधिमा आफ्नो निक्षेप संकलन भने उच्च रुपमा बढाएको छ । सो अबधिमा बैंकको निक्षेप संकलन २६ प्रतिशतले बढेर ८२ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । हालसम्म बैंकले ६६ अर्ब ७६ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।
हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ८८ करोड रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ७६ करोड रुपैयाँ जम्मा भएको छ । सो अबधिमा बैंकको खराब कर्जा भने घटेर कुल कर्जा प्रबाहको ४ दशमलव २३ प्रतिशतमा झरेको छ । अघिल्लो बर्षको सोही अबधिमा बैंकको यस्तो कर्जा ७ दशमलव ५४ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL