Logo

२२ बाणिज्य बैंकले कमाए सवा ७ अर्ब, इन्भेष्टमेण्टले उच्च नाफा कमाउँदा जनताको सबैभन्दा कम

२२ बाणिज्य बैंकले कमाए सवा ७ अर्ब, इन्भेष्टमेण्टले उच्च नाफा कमाउँदा जनताको सबैभन्दा कम


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ३ महिनामा बाणिज्य बैंकहरुले ७ अर्ब २३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । बुधबारसम्म वित्तीय विवरण सार्वजनिक गरेका कुल २२ वटा बणिज्य बैंकले सो बराबरको नाफा आर्जन गरेका हुन् ।

हालसम्म वित्तीय विवरण सार्वजनिक गरेकामध्ये सबैभन्दा बढी इन्भेष्टमेन्ट बैंकले बढी नाफा आर्जन गरेको छ । बैंकले ३ महिनामा साढे ८९ करोड रुपैयाँ नाफा कमाएको छ । हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुमा सबैभन्दा कम ६ करोड ४८ लाख रुपैयाँ खुद आम्दानी गरेको सम्बन्धित बैंकले जारी गरेको वित्तीय विवरणले देखाएको छ ।

गत बर्षको क्रेडिट क्रञ्च तथा पूँजी बृद्धिको कारण बैंकहरुले सोचेअनुरुप नाफा कमाउन नसेकेको सम्बद्ध बैंकहरुको भनाई छ । सो अबधिमा वित्तीय विवरण सार्वजनिक गर्ने केही बैंकको नाफा गत आवको पहिलो त्रेमासिकको तुलनामा घटेको छ भने अन्यको पनि नाफामा खासै बृद्धि हुन सकेको छैन ।

हालसम्म वित्तीय विवरण सार्वजनि गरेका कुमारी, एनबी, कृषि विकास र ग्लोबल आईएमई बैंकले गतल बर्षको तुलनामा आफ्नो नाफा घटाएका छन् । सो अबधिमा जनता बैंक, मेगा बैंक तथा सिभिल बैंकले पनि धेरै नाफा कमाउन सकेका छैनन् ।

कसको नाफा कति ?

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL