Logo

इन्भेष्टमेन्टले ९० करोड कमाउँदा सिद्धाथको नाफा २२ करोडमा झर्यो

इन्भेष्टमेन्टले ९० करोड कमाउँदा सिद्धाथको नाफा २२ करोडमा झर्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शुक्रबार वित्तीय विवरण सार्वजनिक गरेका बाणिज्य बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दा बढी खुद नाफा आर्जन गरेको छ । बैंकले चालू आर्थिक बर्षको पहिलो त्रैमासमै आफ्नो नाफामा २० प्रतिशतले बृद्धि गर्दै कुल ८९ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको हो ।

बैंकले सो अबधिसम्म आईपुग्दा १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको वित्तीय विवरणले देखाएको छ ।

बैंकको चुक्ता पूँजी सबैभन्दा बढी १० अर्ब ६२ करोड रुपैयाँ पुगिसकेको छ भने जगेडा कोषमा पनि ८ अर्ब ११ करोड रुपैयाँ रहेको छ । सो अबधिमा बैंकको खराब कर्जा भने बढेर कुल कर्जा प्रवाहको १ दशमलव ०४ प्रतिशत पुगेको छ ।

यसैगरी आजैमात्र वित्तीय विवरण सार्वजनिक गरेको सिद्धार्थले बैंकको भने नाफामा गिरावट आएको छ । बैंकले चालू आबको पहिलो त्रैमासमा आफ्नो नाफामा गिरावट ल्याउँदै कुल २१ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । तर, बैंकले गत आबको सोही अबधिमा ३५ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सो अबधिसम्म आईपुग्दा बैंकले ७७ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ५० करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

सो अबधिमा बैंकको खराब कर्जा भने बढेको छ । अघिल्लो बर्षको पहिलो त्रैमासमा बैंकको खराब कर्जा कुल कर्जा प्रवाहको १ दशमलब १५ प्रतिशत रहेकोमा चालू आवको सोही अबधिमा आईपुग्दा बढेर २ प्रतिशतभन्दा माथी पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL