Logo

पौने ९ अर्बको विकास ऋणपत्र आज

पौने ९ अर्बको विकास ऋणपत्र आज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (आज) ८ अर्ब ८६ करोड रुपैयाँको विकास ऋणपत्र बोलकबोलमार्फत जारी गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोलमार्फत ८ बर्षको लागि ‘विकास ऋणपत्र ‘क’ २०८२’ जारी गर्न लागेको हो ।

बजारमा तलरता बढेसँगै राष्ट्र बैंकले विकास ऋणपत्र जारी गर्दै रकम खिच्न लागेको हो । सो ऋणपत्रमा बैंक तथा वित्तीय सस्था, बीमा कम्पनी, संगठित सस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

यस अघि राष्ट्र बैंकले ब्याजदर निर्धारण गरेर ऋणपत्र जारी गर्दै आएकोमा एसपटक ब्याजदर पनि बोलपत्रबाटै निर्धारण गरिने भएको छ । बोलपत्रमा आज दिउसो ३ बजेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले लगानीकर्तालाई अर्धबार्षिक रुपमा ब्याजदर भुक्तानी गर्नेछ ।

सो बचतपत्रमा न्युनतम ५० हजारदेखि अधिकतम तोकिएको रकमसम्म आवेदन दिने सकिनेछ । उक्त बचतपत्रमा व्यक्ति वा संस्थाले प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुबैमा भाग लिन सक्नेछन् भने बैंक, विकास बैंक र फाइनान्स कम्पनीले अप्रतिस्पर्धीमा भाग लिन पाउनेछैन । सो बचतपत्र कात्तिक १३ गते गते निष्काशन भई २०८२ कात्तिक १३ गते भुक्तान गरिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL