Logo

भार्गवको १०:८ हकप्रद शेयर निष्काशन गरिदै, कात्तिक २४ देखि मङ्सिर २८सम्मको समय

भार्गवको १०:८ हकप्रद शेयर निष्काशन गरिदै, कात्तिक २४ देखि मङ्सिर २८सम्मको समय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भार्गव विकास बैंक लिमिटेडले १० बराबर ८ (१०ः८०) अनुपातमा हकप्रद शेयर निष्काशनगर्ने भएको छ । बैंकले कात्तिक २४ गतेदेखि मङ्सिर २८ गतेसम्म हकप्रद निष्काशन गर्न लागेको हो ।

बैंकको शेयरधनीका लागि प्रति शेयर एक सय अङ्कित दरको २१ लाख १२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको बताएको छ ।
बैंकको आगामी कात्तिक १४ गतेसम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनी हुनाले हकप्रद शेयरमा खरीदको लागि आवेदन दिन सक्नेछन् । हकप्रद शेयर खरीदका लागि बैंकले शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।

हकप्रद शेयर निष्काशनपछि बैंकको चुक्तापूँजी रू४७ करोड ५२ लाख पुग्नेछ । त्यसैगरी, बैंकको प्रक्षपित वित्तिय विवरण अनुसार चुक्तापूँजी रू ५० करोड १६ लाख र नाफा रू ७ करोड ८४ लाख पुग्ने प्रक्षेपण गरिएको छ ।

गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार रू३ करोड ५१ लाख नाफा कमाएको छ । सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेकाले नाफा बढेको हो । हाल बैंकको चुक्तापूँजी रू२६ करोड ४० लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL