Logo

सिटिजन्स बैंकले कमायो ३२ करोड, खराब कर्जा सामान्य बढ्यो

सिटिजन्स बैंकले कमायो ३२ करोड, खराब कर्जा सामान्य बढ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३१ करोड ९० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । उृृआर्जन गरेको छ। बैंकको नाफा गत आर्थिक बर्षको यहि अवधिको तुलनामा सात प्रतिशतले घटेको हो।

बैंकले गत आवको सोही अबधिमा ३४ करोड ५१ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा घटेको हो । बैंकले असोजसम्ममा कुल ५४ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब ६ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । सो अवधिमा बैंकले ४८ करोड १४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ पुर्याएको छ । बैंकको पूँजी कोष अनुपात २ दशमलव ५६ प्रतिशतले बढेको छ । यस त्रैमासमा बैंकको खराब कर्जा बढेर कुल कर्जा प्रवाहको १ दशमलव ९९ प्रतिशत पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL