Logo

सिटिजन्स बैंकको ‘कामका लागि नगद’ वितरण, विकास निर्माणमा सहयोग पुग्ने विश्वास

सिटिजन्स बैंकको ‘कामका लागि नगद’ वितरण, विकास निर्माणमा सहयोग पुग्ने विश्वास


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्प अति प्रभावित धादिङको जिल्लाको लापा, झारलाङ, तिपलिङ, रिगाँउ, सेर्तुङ र गोरखा जिल्लाको र्सिदिवाश, लाप्राक, उहिया, काशीगाँउ र गुम्दा गरी १० गाविसमा नगद वितरण कार्यक्रमको आयोजना गरेको छ ।

असोज ५ – १० गते सम्म गरी ६ दिन संचालित उक्त कार्यक्रम वेल्ट हंगर हाइलाइफ लुथिरानन वल्र्ड फेडेरेशनको सहकार्यमा विश्व खाद्य कार्यक्रमले आयोजना गरेको हो ।

विशेष गरि भूकम्प प्रभावित क्षेत्रमा स्थानिय बाटो निर्माण गरेवापत ‘कामका लागि नगद’ वितरण योजना अन्तर्गत उक्त नगद भुक्तानी गरिएको हो । यस्ता प्रकारका कार्यक्रम बाट स्थानिय विकास निर्माणका काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक सहयोगमा सुधार आउने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL