Logo

सिटिजन्स बैंकको साधारणसभाले पारित गर्यो १६ प्रतिशत बोनस, चुक्ता पूँजी ८ अर्ब नाध्यो

सिटिजन्स बैंकको साधारणसभाले पारित गर्यो १६ प्रतिशत बोनस, चुक्ता पूँजी ८ अर्ब नाध्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकको ११ औं साधारणसभाले २०७४ आषाढ मसान्तको बैंकको वासलात, आर्थिक वर्ष २०७३/७४ को नाफा–नोक्सानहिसाब, नाफा–नोक्सान बाँडफाँंड हिसाब, नगद प्रबाह विवरण तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरू स्वीकृत गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ९२ करोड १६ लाख ८९ हजार कायम रहेको छ । प्रस्तावित १६ प्रतिशत बोनस सेयर वितरण पश्चात् बैंकको चुक्ता पूँजी रु ८ अर्ब २ करोड ९१ लाख ६० हजार कायम रहने छ । उक्तसाधारण सभाबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्की सर्वसाधारणको तर्फबाट संचालकमा निर्विरोध निर्वाचत भएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL