Logo

एनआईसी एसिया बैंक र एनबीआईबीच सम्झौता, लर्निङ एण्ड डेभलपमेन्ट एकेडमी स्थापना

एनआईसी एसिया बैंक र एनबीआईबीच सम्झौता, लर्निङ एण्ड डेभलपमेन्ट एकेडमी स्थापना


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनआईसी एशिया बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबीच जेएनबीआई कोर्स संचालन गर्न एक सम्झौता भएको छ । सम्झौता अनुसार सिकाई र विकासका कार्यलाई थप उचाईमा पुर्याउन ‘लर्निङ एण्ड डेभलपमेन्ट एकेडमी’ स्थापना गरी बैंकिङ सम्बन्धी सम्पूर्ण कार्यहरु संचालन गरिनेछ ।

सम्झौतासँगै बैंकले ३ सय ८८ जना कर्मचारीहरुलाई जेएनबीआई कोर्समा संलग्न गराउने छ । बैंकिङ क्षेत्रमा नै यति ठूलो संख्यामा जेएनबीआई कोर्ष गराउने पहिलो बैंक नै एनआईसी एशिया भएको बैंकको दाबी छ । यस सम्झौता अनुरुप बैंकले, एनबीआईद्वारा संचालन गरिने विभिन्न तालिम तथा कार्यक्रमहरुमा विशेष छुट समेत पाउनेछ ।

जेएनबीआई सर्टिफिकेसन कोर्स गर्नेले स्वःअध्ययन गरि एनबीआईद्वारा लिने परिक्षाहरु उत्तिर्ण गर्नु पर्ने हुन्छ । एनबीआईले त्यस्ता परीक्षाहरु वर्षमा जून र डिसेम्बर गरी दुई पटक सञ्चालन गर्दै आएको छ ।

उक्त सम्भौतापत्रमा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL