Logo

सेञ्चुरी बैंकको कामु सिईओमा भट्टराई, बैंकिङ क्षेत्रमा २१ बर्षे अनुभव

सेञ्चुरी बैंकको कामु सिईओमा भट्टराई, बैंकिङ क्षेत्रमा २१ बर्षे अनुभव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सेञ्चुरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा जीवन भट्टराई नियुक्त भएका छन् । बैंकका तत्कालिन अध्यक्ष अनुजमणी तिमिल्सिनाले छोडेसँगै भट्टराईलाई कामुको जिम्मा दिइएको हो ।

भट्टराईले सेञ्चुरी बैंकमा विगत ८ बर्षदेखि दोस्रो वरियताको रुपमा कार्यरत थिए । भट्टराईले हिमालयन बैंक र सिद्धार्थ बैंक र सेञ्चुरीमा गरी बैंकिङ क्षेत्रमा २१ बर्षको अनुभव सम्हालिसकेका छन् ।

अधिवक्ता र अडिटर समेत रहेका भट्टराई बैंक जनताको विश्वासमा चल्ने भएकोले नीति–नियम अन्र्तगत रही नियमनकारी निकायहरुको निर्देशनको पालना गर्दै पारदर्शीरुपमा चल्नु पर्दछ भन्ने मान्यता राख्ने बैंकरको रुपमा चिनिन्छन् । उनी नयाँ बैंक स्थापना तथा सञ्चालन, ट्रेजरी व्यवस्थापन, समय सापेक्ष निक्षेप तथा कर्जा परिचालन गर्ने बैंकरको रुपमा सफल छन् ।

उनले अर्थशास्त्र, जनप्रशासन र व्यवस्थापन गरी तीन विषयमा स्नातकोत्तर हासिल गरेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL