Logo

ग्लोबल आईएमई बैंकको कामु सिइओमा शर्मा, लगानीकर्तालाई २० प्रतिशत लाभांश

ग्लोबल आईएमई बैंकको कामु सिइओमा शर्मा, लगानीकर्तालाई २० प्रतिशत लाभांश


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौडेल नियुक्त भएका छन् । बैंकका तत्कालिन सिईओ अनिल ज्ञवालीको राजिनामा दिएसँगै बैंक संचालक समितिले उनलाई कामुको जिम्मा दिएको हो ।

बैंक आज बसकेको संचालक समितिको बैंठकले ज्ञवालीको राजिनामा स्वीकृत गर्दै पौडेलाई कामुको जिम्मा दिएको बैंकका संचालक सुमन पोखरेलले जानकारी दिए । पौडेल यस अघि ग्लोबल आईएमई बैंकमै डेपुटी सिईओमा कार्यरत थिए ।

पोखरेलका अनुसार बैंक संचालक समितिले आफ्ना लगानीकर्तालाई सेयर र नगद गरी २० प्रतिशत लाभांस दिने निर्णय गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।

बैंकले बोनस वितरण सम्बन्धी निर्णयलाई स्वीकृतका लागि नेपाल राष्ट्र बैंक पठाउने भएको छ । राष्ट्र बैंकबाट स्वीकृति भएर आएसँगै आगामी दिनमा हुने साधारणसभाबाट पारित गराएर सेयरधनीलाई वितरण गरिने बैंकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL