Logo

रिलायवल माइक्रोफाइनान्सको अध्यक्षमा बुद्धि अकेला, राष्ट्र बैंकले खुवायो सपथ

रिलायवल माइक्रोफाइनान्सको अध्यक्षमा बुद्धि अकेला, राष्ट्र बैंकले खुवायो सपथ


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । रिलायवल माईक्रोफाइनान्स वित्तीय संस्थाको अध्यक्षमा बुद्धि अकेला नियुक्त भएका छन् । ग्लोवल आईएमई बैंकको सहायक कम्पनी रिलायवलको सञ्चालक समितिले उनलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

अध्यक्ष अकेलालाई मंगलबार नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

ग्लोवल आईएमई बैंकको सहायक कम्पनीमा संस्थापक बैंकको तर्फवाट प्रतिनिधित्व गर्ने ३ सञ्चालकहरु क्रमशः बुद्धि अकेला, रुपेन्द्र वाग्ले र दिपेशवावु तिवारी संचालकमा नियुक्त भएका छन् । यसैगरी सर्वसाधारण सेयरधनीहरुको तर्फवाट प्रविन पछाई नियुक्त भएका छन् भने स्वतन्त्र सञ्चालकमा विजयराज जोशीलाई आगामी ४ वर्षका लागि नियूक्त गरिएको छ ।

लमजुङ जिल्लाको वेसिशहरमा केन्द्रिय कार्यालय रहेको क्षेत्रीय स्तर को रिलायवल माइक्रोफाइनान्सले गत वर्षमात्रै ५ जिल्ला कार्यक्षेत्र थप गरी कुल १५ जिल्लामा वित्तीय सेवा दिँदै आएको छ । हाल कम्पनीले २५ शाखा सञ्जालमार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL