Logo

माछापुच्छ्रे बैंकको माछापुच्छ्रे महोत्सब, बैंकको हरेक सेवामा छुट

माछापुच्छ्रे बैंकको माछापुच्छ्रे महोत्सब, बैंकको हरेक सेवामा छुट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले बैंकिङ कारोबार शुरु गरेकोे १७ वर्ष पुरा गरी १८ औ बर्षमा प्रबेश गरेको उपलक्ष्यमा माछापुच्छ्रे होत्सब सञ्चालन गरेको छ ।

पोखराबाट २०५७ सालमा बैंकीङ्ग कारोवार शुरु गरेको यस बैकले हाल ६२ वटा शाखा कार्यालय, ४ वटा एक्स्टेन्सन काउण्टर, ४ वटा शाखा रहित सेवा लगायत ८१ वटा एटिएमबाट देशभरीका ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

१८औं बर्षमा प्रबेश गरेको उपलक्ष्यमा बैंकका सम्पुर्ण शाखाले ग्राहकलाई भिन्न किसिमको बैंकिङ अनुभुती गराउने बताएको छ ।

साथै, यस महोत्सबलाई मध्यनजर गर्दै ग्राहकहरुलाई निःशुल्क डेबिट कार्ड, कर्जा सेवा शुल्कमा छुट, वार्षिक लकर शुल्कमा छुट, माछापुच्छ्रे मोबाइल मनी जारी शुल्कमा छुट र माछापुच्छ्रे क्रेडिट कार्डमा छुट लगायत बिभिन्न सरप्राइज गिफ्टहरु पनि प्रदान गर्ने बैंकले बताएको छ ।

बैंकले उक्त महोत्सव भाद्र १ देखि शुरु गरेको र आश्विन महिना मसान्तसम्म जारी रहने जानकारी दिएको छ । बैंकले सर्वसाधारणहरुलाई बैंकको नजिकको शाखामा गई महोत्सवमा सहभागी हुन तथा विशेष सुविधाहरुको लाभ लिन आव्हान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL