Logo

लुम्बिनी विकास बैंकको शाखा पर्साढापमा, प्रदेश नम्बर ६ र ७ पनि खोल्दै

लुम्बिनी विकास बैंकको शाखा पर्साढापमा, प्रदेश नम्बर ६ र ७ पनि खोल्दै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । लुम्बिनी बिकास बैंकले भरतपुरको पर्साढापमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । आफ्नो शाखा सञ्जाल विस्तार गरी थप जनतामाझ बैंकिङ्ग सेवा पुर्याउने लक्ष्य अनुरुप भरतपुर महानगरपालिकाको पर्साढापमा ५६ औं शाखा संचालमा ल्याएको हो ।

उतm शाखाको लुम्बिनी विकास बैकका संचालक समितिका अध्यक्ष सुशिलराज पराजुलीले उद्घाटन गरेका हुन् ।

उक्त शाखाबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै आस्वा, मोबाइल बैंकिङ, रेमिट्यान्स, लकर लगायतका सुविधा प्रदान गरिनेछ । हाल ५६ वटा शाखा सञ्जाल र १२ वटा एटीएममार्फत बैकिङ्ग सेवाप्रदानगर्दै आएको छ । यस लगत्तै प्रदेश नम्बर ६ र ७ मा समेत शाखा सञ्जाल विस्तार गर्ने योजना बनाएको बैंकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL