Logo

एनआईसी एशियाको ३ नयाँ शाखारहित सेवा, गाउँमै बैंकिङ सेवा

एनआईसी एशियाको ३ नयाँ शाखारहित सेवा, गाउँमै बैंकिङ सेवा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गाउँ गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवाको शुरुवात गरेको छ । सोहि क्रममा बैंकले भदौ २३ गते सन्दकपुर गाउँपालिका, देउराली बजार, इलाम र भाद्र २४ गते बुद्घशान्ति गाउँपालिका, शान्तिनगर गडी गाउँ बजार, झापा र रोङ्ग गाउँपालिका, कुटी डाडाँ बजार इलाम जिल्लाबाट ३ वटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।

देउराली बजार शाखारहित बैंकिङ सेवाको उद्घाटन सन्दकपुर गाउँपालिका उपाध्यक्ष शोभा पराजुलीले गरिन् । त्यस्तै शान्तिनगर गडी गाउँ बजार शाखारहित बैंकिङ सेवाको बुद्घशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल र कुटीडाडाँ बजारको रोङ्ग गाउँपालिका उपाध्यक्ष चन्द्रकला राई (बुढाथोकि) ले गरेकी हुन् ।

बैंकले ती शाखारहित बैंकिङ सेवा संचालनको लागि बैंक प्रतिनिधिको रुपमा देउराली बजारमा सोमति सुनचिउरी, शान्तिनगर गडी गाउँ बजारमा शाखारहित बैंकिङ कार्यालयको लागि कमल भट्टराई र कुटीडाडाँ बजारमा यादब बराललाई नियुक्त गरेको छ ।

यस सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधिको मार्फतबाट बैंकिङ सेवा लिन सक्ने विश्वास बैंकको छ ।
साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीय बासिन्दा लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य हुने बैंकले जानकारी दिएको छ ।
सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा तथा रकम झिक्ने र पठाउने, मोवाईल रिचार्ज गर्न, उपयोगी सेवा स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्नेलगायत सेवा लिन सक्नेछन् ।

बैंकले आफ्ना १२० शाखाहरु, ४ एक्टेन्सन काउन्टरहरु र ९० ए टि एम सञ्जालहरु मार्फत देशभर सेवा प्रदान गरिरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL