Logo

एनआईसी एशियाले चौथो पटक आयात गर्यो डलर, दशैमा डलरको अभाव नहुने

एनआईसी एशियाले चौथो पटक आयात गर्यो डलर, दशैमा डलरको अभाव नहुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एशिया बंैकले चौथो पटक डलर आयात गरेको छ । विदेश जाने नेपालीका लागि आवश्यक पर्ने डलरको माग पूरा गर्न बैंकले चौथो पटक डलर आयात गरेको हो ।

बैंकले दशैं तथा तिहारको अवसर पारेर बिदा मनाउन विदेश जानेहरुको संख्या बढ्ने र डलरको माग पनि बढ्ने भएकाले उक्त मागलाई पूर्ति गर्न चौथो पटक ५० लाख डलर आयात गरेको हो ।

यसअघि बैंकले ३ पटक गरी ६० लाख डलर आयात गरी नेपाली ग्राहकहरुलाई उपलब्ध गराएको थियो । बैंकले काठमाडौं उपत्यकाका सबै शाखाहरुमा प्रशस्त मात्रामा नगद डलर रहेकाले कुनै पनि ग्राहकले डलर नपाएर फर्कनुपर्ने अवस्था नरहेको बैंकले जानकारी दिएको छ ।
यसअघि अमेरिकी डलरको अति न्यून मात्रामा आपूर्ति भएका कारण ग्राहकहरुलाई पर्न गएको असहजतालाई सम्बोधन गर्न नेपाल राष्ट्र बंैकद्वारा ‘क’ वर्गका बंैकहरुलाई विदेशवाट नगद डलर आयात गरी सप्लाइ गर्न परिपत्र जारी गरेसँगै विदेशबाट डलर आयात गर्ने एनआईसी एशिया पहिलो बैंक बनेको थियो ।

डलर साट्न आउने ग्राहकले साथमा पासपोर्ट र हवाई टिकट लिएर आउनुपर्ने तथा त्यस्तो कागजात पूरा गरी आउने प्रत्येक ग्राहकलाई नियमानुसार २ हजार ५ सय डलरसम्म उपलब्ध गराउन सकिने बैंकले जानकारी दिएको छ ।

बंैकले हालका लागि काठमाण्डांै भित्रका सम्पूर्ण शाखा कार्यालयबाट सहज रुपमा डलर उपलब्ध गराउँदै आएको छ । साथै बैंकले विदेश जाने ग्राहकलाई भिसा इन्टरनेशनल डेबिट कार्डमार्फत पनि अमेरिकी डलर सटही सुविधा प्रदान गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL