Logo

इन्भेष्टमेन्ट बैंकमाथी धितोपत्र बोर्डको निगरानी, ३ दिनभित्र स्पष्टीकरण दिन निर्देशन

इन्भेष्टमेन्ट बैंकमाथी धितोपत्र बोर्डको निगरानी, ३ दिनभित्र स्पष्टीकरण दिन निर्देशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लाभांस बितरणको विषयलाई दिएर नेपाल इन्भेष्टमेन्ट बैंकलाई स्पष्टीकरण सोधेको छ । लगानीकर्तालाई झुक्याउने खालको सुचना प्रबाह गरेको भन्दै बैंकलाई स्पष्टीकरण सोधिएको बोर्डका प्रवक्ता निरज गिरीले बताए । ‘यो बैंकले गरेको गम्भिर गल्ती हो,’ उनले भने, ‘किन यस्तो भएको हो तीन दिनभित्र स्पष्टीकरण पेश गर्न दिर्नेशन दिएका छौं ।’

बैंकले नेपाल स्टक एक्स्चेञ्चको साइटमा शुरुमा २५ प्रतिशत बोसन सेयर र १५ प्रतिशत नगद लाभांश दिने निर्णय राखेको थियो । तर, केही बेरपछि टाइपिङ इरोर भएको भन्दै २५ प्रतिशत नगद र १५ प्रतिशत बोनस सेयर दिने सुचना प्रकाशित गरेको थियो । जसले गर्दा बुधबार बजारमा लगानीकर्ता ठूलो मारमा परेका थिए ।

बुधबार नेपाल इन्भेष्टमेन्ट बैंकको प्रति कित्ता ७ सय ४३ रुपैयाँमा कारोबार भएको सेयर २५ प्रतिशत बोनसको सुचनाले बढेर ८ सय ५ रुपैयाँ पुग्यो । तर, सुचना परिवर्तन भएर १५ प्रतिशत बोनस भएसँगै मूल्य घटेर ७ सय ५७ रुपैयाँमा बन्द भयो ।

बैंकले टाइपिङ इरोरभन्दा पनि बजारलाई प्रभाव पार्ने गरी सुचना प्रकाशित गरेको हुनसक्ने बोर्डको तर्क छ । बैंकले शुरुमा धितोपत्र बोर्ड र नेप्सेमा दिएको सुचनामा २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश रहेको थियो । तर, त्यस्तो महत्पूर्ण विषयमा टाइप इरोर भन्दै गलत गर्न नमिल्ने बोर्डले जानकारी दिएको छ ।

बुधबार तीन दिनको समय दिएर पत्र काटिएको र बैंकको स्पष्टीकरण आएपछि मात्र थप कारबाही प्रक्रिया अघि बढाइने गिरीले जानकारी दिए ।

यदि सुचिकृत कम्पनीले टाइपिङ इरोर भन्दै गलत सुचना राख्ने थाले भने आगामी दिनमा नेप्सेमा सम्बन्धित कम्पनीले नै सुचना अपलोड प्रणालीलाई समेत रोक लगाउनु पर्ने बोर्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL