Logo

तीन दिनमै ग्लोबल आइएमईको ‘एसएमई’ कर्जा, ५ करोडसम्म पाइने

तीन दिनमै ग्लोबल आइएमईको ‘एसएमई’ कर्जा, ५ करोडसम्म पाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले तीन दिनमै साना तथा मझौला व्यवसायी (एसएमई) कर्जा उपलब्ध गराउने भएको छ । त्यस्ता व्यवसाय गर्न चाहनेहरुलाई लक्षित गर्दै तीन दिनमै कर्जा दिने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।

साना तथा मझौला व्यवसाय गर्न चाहनेहरुलाई अझ बढी सजिलो बनाउनका लागि बैंकले तीन दिनमै कर्जा उपलब्ध गराउन लागेको हो । छिटो छरितोरुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनशिलतामा बृद्धि गर्ने उद्देश्यका साथ बैंकले कर्जा लिने समयाबधि घटाएको बैंकद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

साना तथा मझौला व्यवसाय गर्न चाहने व्यक्तिले बैंकमा आवश्यक कागजातहरु पेश गरेको ३ दिन भित्रै कर्जा प्राप्त गर्न सक्नेछन् । त्यस्तो कर्जा ग्लोबल आइएमई बैंकका १ सय १२ वटा शाखामार्फत लिन सकिने छ ।

यस सेवा अन्तर्गत साना ब्यसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा ५ लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म ऋण उपलब्ध गराईने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL