Logo

पूर्वाधार बैंक स्थापना गर्न राष्ट्र बैंकमा आवेदन, यस्तो छ २० अर्ब चुक्ता पूँजीको मोडल

पूर्वाधार बैंक स्थापना गर्न राष्ट्र बैंकमा आवेदन, यस्तो छ २० अर्ब चुक्ता पूँजीको मोडल


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । पूर्वाधार बैंक स्थापनाका लागि नेपाल राष्ट्र बैंकमा आवेदन परेको छ । बैंक स्थापनाका लागि बैंकका अध्यक्ष डा. विमल कोइरालाले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी समक्ष आवेदन दिएका हुन् ।

सरकारले विकास बैंक स्थापनाका लागि बजेटमार्फत ल्याएको अवधारण अनुरुप सार्वजनिक निजी–साझेदारी मोडल अन्तरगत रही आवेदन दिएको हो ।

प्रस्ताविक बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको छ । बैंकमा नेपाल सरकारकोे १० प्रतिशत सहित संस्थापक समूहमा ६० प्रतिशत र सर्ब–साधारण समुहमा ४० प्रतिशत सेयर रहेको छ । हाल संस्थापक समुहमा विभिन्न बैंक तथा बीमा कम्पनीहरु लगायत उद्योगी व्यापारीहरुको संलग्नता रहेको छ । विदेशी बैंक तथा वित्तीय संस्थाहरुलाई समेत लगानी गर्न अनुकुल हुने गरी बैंक स्थापनाको निवेदन दर्ता गरिएको छ ।

प्रस्तावित बैंकको सञ्चालक समितिमा नेपाल सरकार समेतको प्रतिनिधि सहित ७ जना सञ्चालक रहने व्यवस्था मिलाईएको छ । प्रस्तावित नेपाल पूर्वाधार बैंकले देशको पुर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह गर्र्नेे, पुर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने, कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पुर्वाधार विकास सम्बन्धी परियोजना संचालनको लागि प्रतितपत्र खोल्न सक्नेछ ।

साथै, जमानत पत्रहरु जारी गर्ने, राष्ट्र बैंकको स्वीकृति लिई पुर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनका लागि विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद«ामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दिर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गरी श्रोत परिचालन गर्ने, लिजिङ्ग कारोबार गर्नेजस्ता उद्देश्य रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL