Logo

अटो शोमा सवारी कर्जा दिन बैंकहरुको प्रतिस्पर्धा, कुन बैंकको कति ब्याज ?

अटो शोमा सवारी कर्जा दिन बैंकहरुको प्रतिस्पर्धा, कुन बैंकको कति ब्याज ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बर्षकै सबैभन्दा ठूलो अटोमेला नाडा अटो शोमा सवारीकर्जा उपलब्ध गराउन बैंकहरुबीच प्रतिस्पर्धा चलेको छ । सवारीकर्जा लिन सेवाग्राहीले सम्बन्धित बैंक वित्तीय संस्था धाउनुपर्ने बाध्यता भएपनि अटो शोमा स्टलमै पुगेर बाणिज्य बैंकहरुले सस्तो ब्याजदरमा सवारीकर्जा उपलब्ध गराएका छन् ।

नाडा अटो शोमा बैंकहरुले साढे ९ प्रतिशतदेखि साढे १२ प्रतिशतसम्ममा सवारीकर्जा उपलब्ध गराउँदै आएका छन् । अटो शोमा ९ वटा बाणिज्य बैंकले विभिन्न सुविधा सहितको सवारीकर्जाको नयाँ स्किम ल्याएका छन् । उनीहरुले सेवाग्राहीलाई सहज सरल रुपमा स्टलबाटै कर्जा उपलब्ध गराउने गरी सवारीकर्जाको स्किम ल्याएका हुन् ।

नाडा अटो शोमा सवारीकर्जा उपलब्ध गराउन स्टल राखेका विभिन्न बाणिज्य बैंकमध्ये स्टान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा सस्तोमा सवारीकर्जा उपलब्ध गराएको छ । बैंकले १ प्रतिशत सेवा शुल्क र ९ दशमलव ४७ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराएको छ ।

त्यसैगरी, मिहालयन बैंकले शुन्य दशमलव ७५ प्रतिशत सेवा शुल्क र १० दशमलव ५ प्रतिशत ब्याजदरमा सवारीकर्जा उपलब्ध गराएको छ भने लक्ष्मी बैंकले पनि १० दशमलव ८२ प्रतिशत ब्याजदर र शुन्य दशमलव ५ प्रतिशत सेवा शुल्क लिएर सवारीकर्जा उपलब्ध गराएको छ ।
अटो शोमा एनआइसी एशिया बैंकले ११ दशमलव १५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउँदा सिभिल बैंकले ११ दशमलव ५९ ब्याजदर कर्जा दिँदै आएको छ ।

यसैगरी ग्लोब आइएमइ बैंकले ११ दशमलव ४० प्रतिशत र बैंक अफ काठमाण्डूले ११ शदमलव ५ प्रतिशत ब्याजदरमा स्टलबाटै सवारीकर्जा दिँदै आएका छन् ।

अटो शोमा प्रभु बैंकले १२ दशमलव २६ प्रतिशत र सानिमा बैंकले १२ दशमलव ५ प्रतिशत ब्याजदरमा सवारीकर्जा दिँदै आएको छ । अटो शोमा सबैभन्दा बढी ब्याजदरमा कर्जा उपलब्ध गराएको छ । अटो शोमा बैंकहरुले ७ देखि ९ बर्षका लागि सवारीकर्जा उपलब्ध गराएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL