Logo

सिन्धुलीमा लक्ष्मी बैंकको पहिलो शाखा, शाखा संख्या ६९ पुग्यो

सिन्धुलीमा लक्ष्मी बैंकको पहिलो शाखा, शाखा संख्या ६९ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लक्ष्मी बैंकले सिन्धुलीको कमलामाईमा नयाँ शाखा संचालनमा ल्याएकोे छ । सिन्धुलीमा बैंकको यो पहिलो शाखा हो ।

यससँगै लक्ष्मी बैंकको शाखा संजाल ६९ पुगेको छ । त्यस्तै ३ हस्पिटल सेवा काउन्टर,९० ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

यस शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोवाईल फोन मार्फत बैंकिङ सेवा प्रदान गर्ने जानकारी दिएको छ ।

शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास बैंकको छ ।
विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको छ ।

जस अनुरुप देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमी तथा कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पु¥याएको बैंकले जानकारी दिएको छ ।

आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ । बैंकले ७ सय भन्दा बढी कर्मचारी मार्फत ३८ जिल्लामा आफ्नो सेवा पु¥याउदै आएको छ । यस भौतिक उपस्थितिका अतिरिक्त लक्ष्मी बैंक विद्युतिय बैंकिङ सेवा प्रवाहको प्रवर्तकको रुपमा समेत कार्य गर्न सक्षम भएको छ ।

आव २०७३/७४मा ५९ अर्ब ३२ करोड निक्षेप र ५२ अर्ब ७३ करोड कर्जा पु¥याएको छ । सोहि आवमा बैंकले १ सय करोडको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL