Logo

राष्ट्र बैंकले उल्ट्यायो निर्णय, अन्तर बैंक कर्जालाई निक्षेपमा गणना गर्न पाइने

राष्ट्र बैंकले उल्ट्यायो निर्णय, अन्तर बैंक कर्जालाई निक्षेपमा गणना गर्न पाइने


बिजखबर संवाददाता
0
Shares

नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन जारी गर्दै अन्तर बैंक निक्षेपलाई कर्जामा लगानी गर्न पाउने ब्यवस्था गरेको छ । राष्ट्र बैंककले गत हप्ता नयाँ निर्देशन जारी गर्दै कुनै पनि अन्तर बैंक निक्षेपलाई सीसीडीमा गणना गर्न नपाउने ब्यवस्था गरेको थियो ।

सो ब्यवस्थाबाट बैंक वित्तीय संस्थामा समस्या उत्पन्न हुन सक्ने भन्दै नयाँ निर्देशन जारी गरिएको राष्ट्र बैंकका सह प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । ‘यस अघि १ हप्ते अन्तर बैंक निक्षेप देखि लामो समयसम्म राखिएको निक्षेपलाई समेत सीसीडीमा गणना गर्न नपाईने ब्यवस्था गरिएको थियो,’ उनले भने, ‘त्यसबाट समस्या उत्पन्न भएकाले जुन संस्थाबाट ऋण लियो सोही संस्थामा जम्मा गरेको निक्षेप बाहेक अन्य निक्षेपलाई लगानी गर्न पाउने ब्यवस्था गरिएको हो ।’

साथै राष्ट्र बैंकले अन्तर बैंक निक्षेप भन्नाले एउटा संस्थाले अर्को संस्थालाई दिएको कर्जा तथा सापटी रकमलाई लिने संस्थाले निक्षेपको रुपमा राखिएको रकम भनेर नयाँ ब्याख्या समेत गरेको छ ।
यसअघि एउटा बैंकले अर्को बैंकमा निक्षेपको रुपमा नै राखेको रकमलाई अन्तर बैंक निक्षेप मान्ने गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL