Logo

२ प्रतिशतले बढ्यो सिभिल बैंकको नाफा, ३३ करोड ८१ लाखमा सिमित

२ प्रतिशतले बढ्यो सिभिल बैंकको नाफा, ३३ करोड ८१ लाखमा सिमित


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिभिल बैंकले ३३ करोड ८१ लाख रुपैयाँ नाफा गरेको छ । गत आव २०७३र७४ मा सिभिल बैंकको नाफा २ प्रतिशतले बढी सो बराबरको नाफा गरेको हो ।

अघिल्लो आव २०७२र७३ मा बैंकको नाफा ३३ करोड १४ लाख रहेको थियो । बैंकको खुद व्याज आम्दानी करिब १३ प्रतिशतले बढेर १ अर्ब १२ करोड रुपैयाँ पुगेको जानकारी दिएको छ ।

त्यसैगरी बैंकले फि कमिसनबाट ८ करोड रुपैयाँ, अन्य सञ्चालनबाट ११ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले ९ करोड रुपैयाँ आम्दानी गरेको छ ।

बैंकको खराब कर्जा ४.०५ प्रतिशत रहेको छ । चुक्ता पुँजी बढेर ५ अर्ब १८ करोड पुगेकोले सेयरमा प्रतिफल घटेर यो दर ५ प्रतिशतमा सिमित भएको छ ।

बैंकले नाफाबाट २० प्रतिशत रकम सञ्चितीमा र १ प्रतिशत रकम सामाजिक उत्तरदायित्वको लागि छुट्याएको छ ।
बैंकको प्रतिसेयर आम्दानी ६।५२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३७ गुणा र प्रतिसेयर नेटवर्थ १ सय २८ रुपैयाँ रहेको छ ।

बैंकको कर्मचारी लागत करिब १० करोडले बढेको जानकारी दिएको छ । साथै अन्य सञ्चालन लागत पनि ४ करोडले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL