Logo

नेपाल बैंक र इन्भेष्टमेन्टले ३ अर्ब नाफा कमाउँदा स्ट्याण्डर्ड र कुमारी किन खुम्चिए

नेपाल बैंक र इन्भेष्टमेन्टले ३ अर्ब नाफा कमाउँदा स्ट्याण्डर्ड र कुमारी किन खुम्चिए


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल बैंकले आर्थिक बर्ष २०७३/७४ मा ३ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन् । सो अबधिमा इन्भेष्टमेन्ट बैंकले ३ अर्ब १६ करोड नाफा आर्जन गर्दा नेपाल बैंकले ३ अर्ब २१ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

गत आबमा इन्भेष्टमेन्ट बैंकले खुद ब्याज आम्दानी ४ अर्ब ७८ करोड रुपैयाँ गरेको छ । हाल बैंकको चुक्ता पूँजी सबैभन्दा बढी अर्थात ९ अर्ब २४ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ११ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । सो अबधिसम्म आइपुग्दा बैंकले १ खर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

सो अबधिमा बैंकको खराब कर्जा अनुपात कुल कर्जा प्रबाहको शुन्य दशमलव ६८ प्रतिशतबाट बढेर शुन्य दशमलव ८३ पुगेको छ । बैंकको प्रति शेयर आम्दानी ३५ रुपैयाँ रहेको छ ।

यसैगरी सोही अबधिमा नेपाल बैंकले आफ्नो नाफामा ३३ करोड रुपैयाँले बृद्धि गर्दै ३ अर्ब २१ करोड रुपैयाँ पुर्याएको हो । गत आबमा बैंकले खुद ब्याज आम्दानी मात्रै ५ अर्ब ८३ करोड रुपैयाँ गरेको छ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ । हाल बैंकको जगेडा कोषमा ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।

सो अबधिसम्म आइपुग्दा बैंकले बैंकले ९३ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । सो अबधिमा नेपाल बैंकको पनि खराब कर्जा केही बढेको देखिन्छ । हाल बैंकको खराब कर्जा कुल कर्जा प्रबाहको ३ शदमलव ११ प्रतिशतबाट बढेर ३ शदमलव १७ प्रतिशत पुगेको हो ।

आजैमात्र वित्तीय विवरण सार्वजनिक गरेको स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र कुमारी बैंकले भने फितलो वित्तीय विवरण पस्केका छन् । स्ट्याण्डर्ड चाटर्डले नाफामा सामान्य सुधार गरेको छ भने कुमारीको नाफा अघिल्लो आबको भन्दा पनि खस्किएको छ ।

आब २०७३÷७४ मा स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्नो नाफामा ९ करोड रुपैयाँ बृद्धि गर्दै १ अर्ब ३८ करोड रुपैयाँ कमाएको छ । तर, कुमारी बैंकले आब २०७२÷७३ को भन्दा कम नाफा आर्जन गर्दै जम्मा ७० करोड रुपैयाँ मात्र कमाएको छ ।

गत आबमा स्ट्याण्डर्ड चार्टर्डले २ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । हाल बैकको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ अर्ब १५ करोड रुपैयाँ जम्मा गरेको छ ।

सो अबधिसम्म आइपुग्दा बैंकले ६३ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी ३९ अर्ब २० करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

सो अबधिमा स्ट्याडर्डले भने आफ्नो खराब कर्जा घटाएको छ । बैंकले आफ्नो खराब कर्जा कुल कर्जा प्रबाहको शुन्य दशमलव ३२ प्रतिशतबाट घटाएर शुन्य दशमलव १९ प्रतिशतमा झारको वित्तीय विवरणले देखाएको छ ।

अघिल्लो बर्षको तुलनामा आफ्नो नाफा घटाएको कुमारीले भने गत आबमा १ अर्ब २९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सो अबधिसम्म आइपुग्दा बैंकको चुक्ता पूँजी ५ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा २ अर्ब ११ करोड रुपैयाँ जम्मा गरेको छ ।

हालसम्म बैंकले ५२ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । कुमारीले सो अबधिमा आफ्नो खराब कर्जाको अनुपात पनि बढाएको छ । हाल बैंकको खराब कर्जा अनुपात कुल कर्जा प्रबाहको १ शदमलव.१५ प्रतिशतबाट बढेर १ दशमलव ८६ प्रतिशत पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL