Logo

लुम्बिनी विकास बैंकको नयाँ शाखा देवीघाटमा, थप सहज तथा सरल बैंकिङको सुविधा

लुम्बिनी विकास बैंकको नयाँ शाखा देवीघाटमा, थप सहज तथा सरल बैंकिङको सुविधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले नुवाकोटको  खड्गभन्ज्याङ्ग गाविसमा रहेको  शाखा कार्यालयलाई बिदुर नगरपालिका, देवीघाटमा स्थानान्तरण गरेको छ ।
बैंकले ग्राहकलाई थप सहज एवम् सरल बैंकिङ कारोबार गर्न सुबिधा मिलोस भन्ने उद्देश्यसहित  सम्पुर्ण भौतिक पुर्वाधारयुक्त रहेको देविघाटमा शाखा कार्यालय स्थानान्तरण गरेको हो ।
उक्त शाखा स्थानान्तरण कार्यक्रमको बिधिवत् समुद्घाटन बैंक संचालक समितिका अध्यक्ष  सुशिलराज पराजुलीले गरे  ।  उक्त अवसरमा अध्यक्षले नुवाकोटवासीबाट आगामी दिनमा पनि यसै गरि बैंक प्रति सहयोग र सद्भाव कायमै रहने अपेक्षा गरे ।
बैंकको हाल कायम बृहत शाखा सञ्जालको माध्यमद्वारा सरल तथा गुणस्तरीय बैंकिङ सेवाबाट ग्राहक थप लाभान्वित हुने धारणा समेत व्यक्त  गरेका थिए ।
लुम्बिनी विकास बैंक लिमिटेडले शाखा कार्यालयहरुवाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एटिएम, एबिबिएसलगायत सेवा सुबिधा उपलब्ध गराउदै आएको छ ।
बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंमा रही देशका विभिन्न भागमा छरिएर रहेका ५१ वटा शाखा सञ्जालहरुवाट आफ्नो बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL