Logo

राष्ट्र बैंकले तोक्यो सिइओ र बैंक संचालकको योग्यता, यस्तो छ नयाँ प्राबधान !

राष्ट्र बैंकले तोक्यो सिइओ र बैंक संचालकको योग्यता, यस्तो छ नयाँ प्राबधान !


बिजखबर संवाददाता
0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको संचालक र प्रमुख कार्यकारीको योग्यता तोकेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को प्रावधान अनुरुप ‘बैंक वा वित्तीय संस्थाका संचालक र कार्यकारी प्रमुखको लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली २०७४’ लागू गर्दे नयाँ योग्यता र अनुभव तोकेको हो ।

नयाँ मापदण्ड अनुसार बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत हुन व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन वा कानून बिषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने छ । साथै स्नातकोत्तर नगरेको अवस्थामा बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको सिइओ बन्न चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन वा कानून बिषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्रा्िष्ट्रय संघसंस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा १० बर्षको कार्य अनुभव हासिल गरेको हनुपर्ने छ ।

यसैगरी, लघुवित्त वित्तीय संस्थाको प्रमख कार्यकारी बन्न चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून बिषयमा स्नातक उपाधि हासिल गरेको हुने पर्ने छ । साथै बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तरराष्ट्रिय संघसंस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा तीन बर्षको कार्य अनुभव हुनुपर्नेछ ।
यसैगरी राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संचालकको योग्यता पनि निर्धारण गरेको छ । नयाँ ब्यवस्था अनुसार बैंक, विकास बैंक वा फाइनान्स कम्पनीको सञ्चालक बन्न बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्तरमा कम्तीमा ५ बर्ष काम गरेको हुनु पर्नेछ ।

यसैगरी, स्नातक उपाधि हासिल गरेको र विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृतस्तरमा कम्तीमा ३ बर्ष काम गरेको योग्यता र कार्यअनुभव भएको आधारमा पनि संचालक बन्न पाइनेछ ।
यसैगरी कार्यअनुभव नभएको अवस्थामा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून बिषयमा स्नातकोत्तर उपाधि हासिल अबस्थामा पनि बैंक तथा वित्तीय संस्थाको संचालक बन्न सक्नेछन् ।

नयाँ नियम अनुसार लघुवित्त वित्तीय संस्थाको सञ्चालक बन्न बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृतस्तरमा कम्तीमा तीन बर्षको कार्यअनुभव हुनुपर्नेछ ।

साथै कार्यअनुभव नभएको अवस्थामा प्सटु वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको र विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृत स्तरमा कम्तीमा २ बर्ष काम गरेको हुनुपर्नेछ ।

लघुवित्तको संचालक बन्न माथि उल्लेखित योग्यता तथा कार्य अनुभव नभएपनि व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून बिषयमा स्नातक उत्तिर्ण गरेको अवस्थमा पनि संचालक हुनसक्नेछन् ।

नयाँ नियमअनुसार स्वतन्तत्र संचालकको पनि योग्यता तोकेको छ । जसका लागि वाणिज्य बैंक र राष्ट्रियस्तरको विकास बैंकको हकमा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून बिषयमा स्नातकोत्तर उपाधि हासिल गरी कुनै विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा प्रथम श्रेणी वा सोभन्दा माथिको पदमा कम्तीमा ३ बर्षको कार्य अनुभव हासिल गरेको हुनुपर्ने छ ।

राष्ट्रियस्तरको विकास बैंक बाहेकका अन्य विकास बैंक एवं वित्त कम्पनीको हकमा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून बिषयमा स्नातक उपाधि हासिल गरी कुनै विदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा द्वितीय श्रेणीको अधिकृत वा सोभन्दा माथिको पदमा कम्तीमा ३ बर्षको कार्य अनुभव हुनुपर्नेछ ।

विस्तृतका लागि लिंकमा क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्
MBL