Logo

एनएमबी बैंकको नाफा ३५ प्रतिशतले बढ्यो, १ वर्षमा कमायो साढे १ अर्ब

एनएमबी बैंकको नाफा ३५ प्रतिशतले बढ्यो, १ वर्षमा कमायो साढे १ अर्ब


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनएमबी बैंकले आर्थिक बर्ष २०७३/७४ मा १ अर्ब ५१ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा आब २०७२/७३ को तुलनामा ३५ प्रतिशत अर्थात ३९ करोड ६३ लाख रुपैयाँले बढी हो ।

असार मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ भने संचित कोषमा ४ अर्ब २६ करोड रुपैयाँ जम्मा गरेको छ ।

बैंकले असार मसान्तसम्ममा ७३ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ६१ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकको खराब कर्जा अनुपात कुल कर्जा प्रबाहको १ दशमलव ६६ प्रतिशत रहेको छ ।

बैकको प्रति सेयर आम्दानी २७ रुपैयाँ ६९ पैसा रहेको छ । यो बैंकको सीसीडी रेसियो ७४ दशमवल ९० प्रतिशतमा सिमित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL