Logo

गुर्जधारामा प्रभु बैंकको नयाँ शाखा स्थापना, आइतबारदेखि सेवा

गुर्जधारामा प्रभु बैंकको नयाँ शाखा स्थापना, आइतबारदेखि सेवा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु बैंकले काठमाडौंको गुर्जुधारामा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । सो शाखा कार्यलयको सभासद राजेन्द्रकुमार केसीले उद्घाटन गरेका थिए ।

बैंकले उपत्यका भित्रका बैंकिङ पहुँच नपुगेको स्थानमा शाखा खोल्ने क्रममा उक्त स्थानमा सम्पूर्ण बैंकिङ सुविधा सहितको अत्याधुनिक शाखा स्थापना गरेको हो ।

सो शाखा मार्फत काठमाडौं क्षेत्र नं. १० का उद्योगी, व्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य संस्था,लगायत सर्वसाधारणहरुले बचत,कर्जा संगै अन्य बैंकिङ सुविधाहरु सरल र सहजरुपमा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष,सुरक्षा निकायका प्रमुख, स्थानीय व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL