Logo

सात ओटै प्रदेशमा मेगाको हेडक्वार्टर

सात ओटै प्रदेशमा मेगाको हेडक्वार्टर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संघिय संरचना अनुसार बैंक विस्तार गर्ने भएको छ । बैंकले सात वटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने भएको हो ।

शनिबार बैंक स्थापनाको आठौं बर्षमा प्रवेश गरेको अवसरमा कमलादीस्थित प्रधान कार्यालयमा आयोजित कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले त्यसको सुरुवात प्रदेश नम्बर ५ को बुटवलबाट भइसकेको जानकारी दिए ।

सो अबसरमा उनले टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर प्रक्रिया जारी रहेको समेत जानकारी दिए । साथै मर्जरपछि मेगा बैंक नेपालको सबैभन्दा बढी पुँजी भएको बैंकहरुमध्ये पर्ने दाबी गरे ।
‘संघीयताको कार्यान्वयनले नयाँ चुनौती, सम्भावना देखिएको भन्दै नयाँ शहरका रुपमा विकास भइरहेका हुलाकी राजमार्ग र मध्यपहाडी राजमार्ग आसपासमा नयाँ सम्पर्क र सम्बन्ध विस्तार गर्ने योजना बनाएका बताए ।

कार्यक्रममा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले आगामी आर्थिक बर्ष भित्र२० वटा नयाँ शाखा योजना रहेका सुनाए । उनले मेगा बैंकले राम्रो मुनाफा आर्जन गर्न सकेको जानकारी दिए ।

त्यस्तै शेयरधनीलाई ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढिसकेको बताए । सागै छिट्टै प्रतिशेयर एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४।३३ कित्ता शेयर निष्काशन गर्न लागेको बताए ।

सो अबसरमा उनले बैंक एस्योरेन्स योजना पनि घोषणा गरेका थिए । मेगा बैंकको ४७ वटा शाखा र एउटा एक्सटेन्शन काउन्टर छ । यसैगरी ५० वटा एटीएम सञ्जाल छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL