Logo

सिटिजन्सले कमायो १ अर्ब २१ करोड, नाफामा सामान्य बृद्धि

सिटिजन्सले कमायो १ अर्ब २१ करोड, नाफामा सामान्य बृद्धि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब २१ करोड १० लाख रुपैयाँ नाफा गर्न सफल भएको छ । यो नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा १२ प्रतिशत अर्थात १३ करोड रुपैयाँले बढी हो ।

सो अवधिसम्म आइपुग्दा बैंकको संचित कोषमा २ अर्ब ५२ करोड रुपैयाँ जम्मा भएको छ । बैंकले आफ्नो चुक्ता पूँजी ६ अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ ।
बैंकले हालसम्म ५२ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको खराब कर्जा अनुपात कुल कर्जा प्रबाहको १ दशमलव २८ प्रतिशत रहेको भने प्रति सेयर आम्दानी १७ रुपैयाँ रहेको छ । सो अबधिसम्ममा बैंकको सीडी रेसियो ७७ दशमवल ४२ प्रतिशतमा सिमिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL