Logo

३८ प्रतिशतले बढ्यो मुक्तिनाथको नाफा, निक्षेप ४९ बढ्दा कर्जाै ५५ प्रतिशत पुग्यो

३८ प्रतिशतले बढ्यो मुक्तिनाथको नाफा, निक्षेप ४९ बढ्दा कर्जाै ५५ प्रतिशत पुग्यो


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक बर्ष २०७३/७४ मा ४९ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले आब २०७२/७३ को तुलनामा आफ्नो नाफामा ३८ दशमलव ३० प्रतिशतले बृद्धि गरेको छ ।

सो अबधिमा बैंकले निक्षेप संकलन ४८ दशमलव ७६ प्रतिशतले बृद्धि गर्दै १६ अर्व ७७ करोड रुपैयाँ पुर्याएको छ । यस्तैगरी कर्जा प्रवाहमा ५४ दशमलव ६४ प्रतिशतले वृद्धि गरी १५ अर्व ३१ करोड रुपैयाँ पुर्याएको छ ।

बैंकको प्रति सेयर आम्दानी ३२ रुपैयाँ ११ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १ सय ४९ रुपैयाँ ८० पैसा रहेको छ । मुक्तिनाथको पूँजीकोष अनुपात १४ दशमलव ९६ प्रतिशत पुर्याएको छ भने खराब कर्जा कुल कर्जा प्रबाहको शुन्य दशमलव ०२ प्रतिशतमा झारेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL