Logo

पूँजी बृद्धिसँगै एनआईसी एसियाले बढायो नाफा, खराब कर्जा न्युन

पूँजी बृद्धिसँगै एनआईसी एसियाले बढायो नाफा, खराब कर्जा न्युन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एसिया बैंकले आर्थिक बर्ष २०७३/७४ मा १ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले आफ्नो पूँजी बृद्धिसँगै नाफामा पनि उच्च बृद्धि गरेको छ ।

बैंकको यो नाफा अघिल्लो वर्षको तुलनामा झण्डै ३८ प्रतिशतले बढी हो । बैंकले आर्थिक बर्ष २०७२/७३ मा १ अर्ब ६ करोड ६९ लाख ६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।बैंकको चुक्ता पूँजी ६ अर्ब ६९ करोड २५ लाख रुपैयाँ पुगेको छ भने रिजर्भ कोष ३ अर्ब ४९ करोड २ लाख रुपैयाँ रहेको छ ।

बैंकले गत आबमा खुद ब्याज आम्दानी मात्रै २ अर्ब ५३ करोड ८२ लाख कमाएको छ । बैंकले सो अबधिमा ८६ अर्ब ६९ करोड ७१ लाख निक्षेप संकलन गरी ७१ अर्ब ५८ करोड ३३ लाख रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकको खराब कर्जा पनि एकदमै न्युन रहेको छ । अघिल्लो आबमा शुन्य दशमलव ७६ रहेको खराब कर्जालाई गत आबमा आइपुग्दा शुन्य दशमलव ३६ प्रतिशतमा झारेको छ ।

बैंकले सो अबधिमा ४२ करोड ७९ लाख रुपैयाँ राइट ब्याक गरेको छ । तर, सम्भावित जोखिम कोषमा १५ करोड १३ लाख रुपैयाँ छुट्याएको छ ।

बैंकको कर्जा निक्षेप अनुपात ७६ दशमलव ३४ प्रपितशत रहेको छ । एनआइसीको प्रतिसेयर आम्दानी २२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १ सय ५२ रुपैयाँ १५ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL