Logo

स्कोर कार्ड मोडलमा जाँदै एनआईसी एसिया बैंक, निक्षेप र कर्जामा विशेष योजना

स्कोर कार्ड मोडलमा जाँदै एनआईसी एसिया बैंक, निक्षेप र कर्जामा विशेष योजना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआइसी एसिया बैंकले ग्राहकलाई छिटो कर्जा उपलब्ध गराउन स्कोर कार्ड मोडल कार्यान्वयनमा ल्याउने भएको छ । आफ्ना सेवा ग्राहीलाई सहज रुपमा कर्जा प्रदान गर्न उक्त व्यवस्था गर्न लागेको बैंकले जानकारी दिएको छ ।

यसैगरी विद्युतीय बैंकिङलाई अझै शसक्त तथा प्रभावकारी रुपमा अघि बढाउँन पूर्ण अनलाईन प्रणालीको आस्वा प्रणाली ल्याउने भएको छ । जसले गर्दा ग्राहकले घरमै बसेर अनलाईन प्रणालमार्फत प्राथमिक सेयरका लागि आवेदन दिन सक्नेछन् ।

बैंक पनि साथि पनि भन्ने मुल मन्त्रका साथ अघि बढी रहेको यस बैंकले नेपालको ग्रामिण तथा दुर्गम क्षेत्रहरुमा समेत आफ्नो सशक्त पहँुच अभिवृद्धि गर्दै लगेको छ । बैंकले हालसम्म १ सय १९ वटा शाखा कार्यालय, ४ विस्तारित काउण्टरहरु, ७० एटीएम तथा ४ हजार रेमिट्यान्स काउण्टरहरु लगायतको सञ्जाल मार्फत आफ्ना सेवाहरु प्रदान गर्दै आएको छ ।
सर्वसाधारणको वित्तीय पहुँचलाई थप सशक्तिकरण गर्दै नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति बमोजिम प्रत्येक भौगोलिक क्षेत्रमा बैंकिङ्ग पहुँच अभिवृद्घि गर्ने अभिप्रायले बैंकले चालु आर्थिक वर्ष भित्र शाखा संख्या २ सयभन्दा बढी, एटीएम संख्या ४ सय भन्दाबढी, शाखा रहित बंैकिङ्ग सेवा २ सयभन्दा बढी, पीओएस संख्या २ हजारभन्दा बढी तथा रेमिट्यान्स पेआउट एजेन्ट संख्या १० हजारभन्दा बढी बनाउने बताएको छ ।

एनआई सी एशिया बंैक लिमिटेडले आफ्नो सेवाको १९ बर्ष पार गरी २० आंै वर्षमा प्रवेश गरेको अबसरमा निक्षेप तथा कर्जातर्फ तत्कालै विशेष सेवाहरु ल्याउने तयारी भैइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL