Logo

निक्षेप संकलन १० %ले बढ्दा कर्जा प्रबाह १७ % पुग्यो, घरजग्गा धितोमा ६१ %कर्जा

निक्षेप संकलन १० %ले बढ्दा कर्जा प्रबाह १७ % पुग्यो, घरजग्गा धितोमा ६१ %कर्जा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आर्थिक बर्ष २०७३/७३ को ११ महिनामा निक्षेप संकलन १० दशमलव १ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप संकलन १३ दशमलव ९ प्रतिशतले बढेकोमा गत आबको सोही अबधिमा बृद्धिदर घटेको छ ।

यसैगरी वार्षिक बिन्दुगत आधारमा २०७४ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १५ दशमलव ५ प्रतिशतले बढेको छ । २०७३ जेठ मसान्तमा यस्तो निक्षेप १८ दशमलव ५ प्रतिशतले बढेको थियो ।

गत आबको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७ दशमलव ९ प्रतिशत, ३५ दशमलव ८ प्रतिशत र ४३ दशमलव ४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८ दशमलव ५ प्रतिशत, ४३ दशमलव ८ प्रतिशत र ३० दशमलव २ प्रतिशत रहेको थियो ।
यसैगरी सो अबधिमा कर्जा प्रबाहको बृद्धिदर पनि सामान्य ओरालो लागेको छ समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निजी क्षेत्रतर्फको कर्जा १७ दशमलव १ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १८ दशमलव ८ प्रतिशतले बढेको थियो ।

निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको २० दशमलव ५ प्रतिशत र विकास बैंकहरुको १ दशमलव ५ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको शुन्य दशमलव ६ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ जेठमा बैंक तथा वित्तीय संस्थाहरूको निजी क्षेत्रतर्पm लगानीमा रहिरहेको कर्जा २१ शदमलव ९ प्रतिशतले बढेको छ । २०७३ जेठ मसान्तमा यस्तो कर्जा २० दशमलव ९ प्रतिशतले बढेको थियो ।

सो अबधिमा बैंक वित्त संस्थाको कृषि क्षेत्रतर्फको कर्जा १२ दशमलव ६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११ दशमलव २ प्रतिशत, निर्माण क्षेत्रतर्पmको कर्जा १९ दशलमव ९ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १४ दशमलव ९ प्रतिशत, सेवा क्षेत्रका उद्योगतर्फको कर्जा १७ दशमलव ७ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २६ दशमलव २ प्रतिशतले बढेको छ ।

२०७४ जेठसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१ दशमलव १ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३ दशमलव ९ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१ दशमलव ३ प्रतिशत र १४ प्रतिशत रहेको थियो ।

गत आबको ११ महिनामा वाणिज्य बैंकहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल लगानीमा रहेको कर्जाको २ दशमलव ७ प्रतिशत अर्थात ४४ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा शुन्य दशमलव ९ प्रतिशत अर्थात ६२ करोड रुपैयाँले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३६ प्रतिशतले बढेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL