Logo

एनआइसी एसियालाई इक्राको ‘ए’ रेटिङ प्राप्त, जोखिम युक्त कर्जा न्युन

एनआइसी एसियालाई इक्राको ‘ए’ रेटिङ प्राप्त, जोखिम युक्त कर्जा न्युन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । यस एन आई सी एशिया बैंकले इक्रा नेपालबाट उत्कृष्ट गुणस्तरीय क्रेडीट रेटिङ्ग प्राप्त गरेको छ । बैंकले इक्रा रेटिङ–ए प्राप्त गरेको हो ।

बैंकको १९ वर्षको लामो व्यवसायिक आधार, पूँजी प्रयाप्तता, न्युन जोखिम कर्जा, कर्जा तथा निक्षेपमा बैंकको बजार हिस्सा लगायत अन्य सम्बन्धित सुचकांकहरुको स्तरको आधारमा उक्त क्रेडीट रेटिङ्ग प्रदान गरिएको हो । उक्त क्रेडिट रेटि¨प्राप्त संस्थाको कर्जा जोखिम औषत रहने तथा प्रयाप्त कर्जा गुणस्तर रहेको मानिन्छ ।

बैंकले १ सय १९ शाखा कार्यालयहरु, ४ एक्स्टेन्सन काउन्टरहरु तथा ७० एटीएम सञ्जालहरुको आधारमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा उपलब्ध गराउने अभिप्रायले देशका विभिन्न स्थानहरुमा थप शाखा सञ्जाल, एक्स्टेन्सन काउन्टर तथा एटीएम सञ्जालहरु संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL