Logo

साउन ९ बाट एसबीआईको सेयर लिलामीमा, कहाँबाट दिने आवेदन ?

साउन ९ बाट एसबीआईको सेयर लिलामीमा, कहाँबाट दिने आवेदन ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल एसबीआई बैंकले साउन ९ गतेदेखि सेयर लिलामीमा राख्ने भएको छ । बैंकले सर्बसाधारण समूहको ४ लाख ६९ हजार कित्ता सेयर लिलामीमा ल्याउन लागेको हो ।

बैंकले यस अघि हकप्रद जारी गर्दा नविकेको ४ लाख ६९ कित्ता सेयर लिलामीमा निकाल्न लागेको हो । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर सोभन्दा बढी मूल्य निर्धारण गरी बोलपत्र फारम भर्नुपर्ने हून्छ । इच्छुक लगानीकर्ताले साउन १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बोलपत्र पेस गर्दा न्यूनतम १ सय कित्ता वा त्यसभन्दा बढीको लागि १० ले भाग जाने गरी बैंकको हाल कायम चुक्ता पुँजीको शुन्य दशमलव ५५ भन्दा बढी नहुने गरी आवेदन दिन सकिनेछ । आवेदकले चेक बुझाउँदा एनएमबि क्यापिटलको नाममा जारी गरिएको नेपाल क्लियरिङ हाउसको सदस्य भएको बैंक तथा वित्तीय संस्थाको गुड फर पेमेन्ट गरिएको एकाउन्ट पेयी चेक पेस गर्नुपर्नेछ ।

बैंकको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं वा नेपाल एसबीआई बैंकिङ लिमिटेड हात्तिसार काठमाडौंमा पुग्नेगरी फारम बुझाउनुपर्नेछ । सो बोलपत्र साउन १७ गते दिउसो साढे ३ बजे एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा खेलिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL