Logo

लुम्बिनीको चन्द्रावतीमा ५० औं शाखा विस्तार, सबै बैकिङ सेवा उपलब्ध

लुम्बिनीको चन्द्रावतीमा ५० औं शाखा विस्तार, सबै बैकिङ सेवा उपलब्ध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लुम्बिनी बिकास बैंकले तनहुँ जिल्लाको चन्द्रावतीमा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले “ग्रामिण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता” अन्तर्गत बहुसंख्यक जनतालाई बैंकिङ्ग सेवा पुर्याउने लक्ष्य अनुरुप तनहुँ जिल्लाको भानु नगरपालिका, आफ्नो ५०औं शाखा कार्यालय स्थापना गरेको हो ।

उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले गरेका हुन् । बैक संचालक समितिका अध्यक्ष सुशिल पराजुलीको सभापतित्वमा सो कार्यक्रममा सम्मपन्न भएको थियो ।

सो कार्यक्रममा कैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालले स–साना निक्षेप परिचालन तथा कृषि एव साना ब्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याइएको बताए ।

सो शाखाबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै आस्वा, मोबाइल बैंकिङ लगायतका सेवाहरु उपलब्ध हुनेछ । बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंमा रही देशका विभिन्न भागमा रहेका यस शाखा सहित कुल ५० वटा शाखा सञ्जालहरु र १२ वटा एटीएमबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL