Logo

एस खरिदपछी बिहीबारदेखि संयुक्त कारोबार शुरु गर्दै एनआईबिएल, चुक्ता पूँजी ९ अर्ब २४ करोड पुग्यो

एस खरिदपछी बिहीबारदेखि संयुक्त कारोबार शुरु गर्दै एनआईबिएल, चुक्ता पूँजी ९ अर्ब २४ करोड पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र एस डेभलपमेण्ट बैंकले बिहीबरदेखि नेपाल इन्भेष्टमेन्ट बैंक लि.को नाममा संयुक्त कारोबार सुरु गर्ने भएको छ । दुबै बैंक बीचको प्राप्ति प्रक्रिया पूरा भएपछि औपचारिक रुपमा संयुक्त कारोवार सुरु गर्न लागेको हो ।

एसलाई एक सय बराबर ४१ शेयर स्वाप रेसियोमा खरिद गरेपछि एनआईबिएलको चुक्ता पूँजी रु ९ अर्ब २४ करोड पुगेको छ । एनआईबिएलको चुक्ता पूँजी ८ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो ।

एसको प्राप्ति पछि एनआईबिएलको संचालक समिति तथा प्रमुख कार्यकारी अधिकृत साविककै रहेको छन् । केन्द्रिय कार्यालय पनि एनआईबिएलको दरबारमार्गस्थित कार्यालयलाई नै यथावत राखिएको कम्पनीले जानकारी दिएको छ । एसको प्राप्ति पछि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत भएको छ ।

एसको प्राप्ति पछि एनआईबिएलको कुल निक्षेप १ सय २४ अर्ब रुपैयाँ पुगेको छ । कूल कर्जा १ सय ७ अर्ब पुगेको छ ,त्यस्तै पूँजी पर्याप्तता अनुपात १३.९ प्रतिशत पुगेको छ ।

एसको १२ वटा शाखा तथा एउटा एक्स्टेन्सन काउन्टर थपिएसंगै एनआईबिएलको ६१ वटा शाखा पुगेको छ । चार वटा एक्स्टेन्सन काउन्टर भएका कम्पनीले जानकारी दिएको छ । एनआईबिएलमा गाभिएका एसका उपत्यकाका शाखाहरु नक्साल, न्यूरोड, चाबहिल, जावलाखेल, कौशलटार तथा किर्तिपुरमा छन ।

त्यस्तै उपत्यका बाहिर लिंकरोड बिरगंज, पर्सा बजार चितवन, लायन्स चोक भरतपुर, उर्लाबारी मोरङ, खाँदबारी–१ संखुवसभातथाविजुवार प्यूठानमा अवस्थित छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL