Logo

लुम्बिनी विकास बैंकको एकीकृत कारोबार शुरु, चुक्ता पूँजी २ अर्ब ८८ लाख

लुम्बिनी विकास बैंकको एकीकृत कारोबार शुरु, चुक्ता पूँजी २ अर्ब ८८ लाख


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । लुम्बिनी विकास बैंकले आइतबारदेखि एकिकृत कारोवार शुरु गरेको छ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकमा लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनी लिमिटड गाभिएर लुम्बिनी विकास बैक बनेको हो ।

दरवारमार्ग स्थित होटल डेल अन्नपूर्णमा भएको एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीवि नेपालले लुम्बिनी विकास बैंक लिको बिधिवत समुद्घाटन गरे ।

गाभिए पश्चात बनेको लुम्बिनी विकास बैंक लिको केन्द्रीय कार्यालय साविक भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको कार्यालय डिल्लीबजारमा रहेको छ । विकास बैंकको संचालक समिति हाल ६ सदस्यको रहेको छ । समितिको अध्यक्षमा सुशिल राज पराजुली रहेका छन् । यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी साविक भिबोर सोसाइटी डेभलपमेन्ट बैंक का प्रमुख कार्यकारी अधिकृत पद झलकप्रसाद खनालले सम्हालेका छन्।

लुम्बिनी विकास बैंकको तत्काल चुक्तापुँजी रु.२ अर्ब ८८लाख पुगेको छ । रु.३६ करोड ३० लाख पूँजी समायोजन जगेडा कोषमा रहेको छ । मर्ज सम्पन्न भए लगत्तै चुक्तापूँजीको १०% का दरले हकप्रद शेयर जारी गरि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसारको चुक्ता पूँजी पु¥याइने कम्पनीले जानकारी दिएको छ ।

यसैगरी गाभिए पश्चात संस्थाको कुल निक्षेप रु.१७ अर्ब, कर्जा रु.१५ अर्ब ५८ करोड पुगेको छ । देशभर ४९ वटा शाखा संजाल तथा १२ वटा आफ्नै एटिएमबाट २१ जिल्लामा बैंकिङ सेवा सुविधा उपलव्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL