Logo

सबै ऋणको जानकारी कर्जा सूचना केन्द्रमा

सबै ऋणको जानकारी कर्जा सूचना केन्द्रमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतयेक बर्जाको सूचना कर्जा सूचना केन्द्रलाई उपलब्ध गराउनुपर्ने नियम लागु गरेको छ । हालसम्म १० लाखभन्दा माथिको कर्जाको मात्र कर्जा सूचना दिने व्यवस्थ रहेकोमा अब प्रत्येक कर्जाको सूचना उपलब्ध गराउने नियम लागु गरेको हो । १० लाख रुपैयाँ भन्दा भन्दा कम कर्जाको सूचना निशुल्क रुपमा लिनु दिनु पर्ने व्यवस्थ गरेको छ ।

कर्जा सूचना विनियमावली २०५९ मा वाणिज्य बैंक तथा वित्तीय संस्थालाई शुल्क लिई वा नलिई कर्जा सूचना उपलब्ध गराउने व्यवस्था रहेकोमा सम्बन्धित व्यक्ति वा ऋणिलाई समेत यो सुबिधा उपलब्ध गराउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाले नियमित रुपमा कर्जा सूचना केन्द्रमा सूचना नपठाएमा त्यस्तो सूचना नपठाउने संस्थालाई कारबाही गर्ने गर्भनर डा. चिरन्जिबी नेपालले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL